शिखर-शुले ल्यायो बडा सेल अफर, ५० प्रतिशत भन्दा बढी छुट



काठमाण्डौ । शिखर-शु कम्पनीले आफ्नो बजार विस्तार एवम् उत्पादनको प्रबद्र्धन गर्ने उद्देश्यले विभिन्न आकर्षक योजना ल्याएको छ ।

यसै क्रममा कम्पनीले आज देखि काठमाण्डौ उपत्यका भित्रका आफ्ना ग्राहकहरुका लागि लक्षित गरी “बडा शेल”नामक अफर ल्यायको छ । यस अफर अन्तर्गत ग्राहकहरुले पनि ५०५ भन्दापनि बढी छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो अफर हालको लागि उपत्यकाभित्रका ९ शो रुमहरुमा उपलब्ध रहने छ । जस अन्तर्गत मनकामना शुज, न्युरोड, शिखर शुज सेन्टर, खिचापोखरी, शिखर शुज सेन्टर, बानेश्वर, किर्तिपुर शुज सेन्टर, किर्तिपुर, बौद्धशुज सेन्टर बौद्ध, पाटन सुज सेन्टर, पाटन, लिवास इण्टरप्राइजेज, नयाँबसपार्क, कोसेलीशुजहाउस, भोटाहिटि र त्रिबेणी शुज सेन्टर भोटाहिटिमा उपलब्ध रहने छ ।

लेडिज तथा जेन्स स्यान्डल, पार्टि शु, कलेज\स्कुल शु, अफिसियल शु, क्याजुअल शु र स्पोर्टस् शुहरुमा यो अफर उपलब्ध छ ।

२० वर्षअघि स्थापित कम्पनी शिखर शु हालसम्म आइपुग्दा एक परिचितएवम् लोकप्रिय ब्राण्डको रुपमा स्थापित भैसकेको छ ।

हालसम्म शिखर शुकन्भेयर मेसिन, पियू मेसिन (पोली युरेथेन) र डिएमएस (बुट बनाउने) मेसिनले सुसज्जित भैसकेको छ । शिखर शु ले हाल नेपाली ब्राण्डका जुत्ताको बजारमा प्रमुख बजार हिस्सा ओगटेको छ ।

कम्पनीले हालचप्पल, जुत्ता, सुरक्षा बुट, साधारण बुट, बच्चाको लागि जुत्ता लगायतका करिब चार सय डिजाइनका जुत्ताचप्पल उत्पादन गर्दै आएको छ ।


क्लिकमान्डु