नेपाल पुनर्बीमा कम्पनीमा एनआईसीको शतप्रतिशत पुनर्बीमा



काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(एलआइसी नेपाल) लिमिटेडले नेपाल पुनर्बीमा कम्पनीमा शत प्रतिशत पुनर्बीमा गरेको छ ।

एलआइसी नेपाल र नेपाल पुनर्बीमा कम्पनीबीच शतप्रतिशत पुनर्बीमा संझौता भएको हो ।

पुनर्बीमा बापत बर्सेनि बाहिरिदै आएको करोडौं रुपैया स्वदेश मै रोक्न सरकारले पुनर्बीमा कम्पनी स्थापना गरेको हो । नेपालमा पुनर्बीमा कम्पनीलाई सक्षम बनाउन कम्पनीको स्थापना गरेको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत चिरायु भण्डारीका अनुसार नेपाल पुनर्बीमा कम्पनीसँग शतप्रतिशत पुनर्बीमा गर्ने एलआइसी छैठौैं कम्पनी हो ।

यस अघि सूर्या लाइफ, गुराँस आइफ, सानिमा लाइफ, आइएमई लाइफ र राष्ट्रिय बिमा संस्थानले पनि नेपाल पुनर्बीमा कम्पनीसँग शतप्रतिशत पुनर्बीमा गरिसकेका छन् ।


क्लिकमान्डु