ग्लोबल आइएमईका ग्राहकले विजयपुर अस्पताल धरानमा १५ प्रतिशत छुट पाउने



काठमाण्डौ । ग्लोबल आइएमई बैंक लि. र विजयपुर अस्पताल, धरानबीच अस्पतालले प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिइने छुट सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

बैंकले अस्पतालसँग आफ्ना ग्राहकलाई स्वदेशमै गुणस्तरीय उपचारमा सहुलियत दिने उदेश्यले दुईपक्षीय सम्झौता गरेको हो ।

सम्भौतापत्रमा विजयपुर अस्पतालका निर्देशक श्री प्रभाव खतिवडा र ग्लोबल आइएमई बैंक धरानको शाखा प्रबन्धक लक्ष्मी डुम्रेले हस्ताक्षर गरेका छन् ।

ग्लोबल आइएमई बैंकले आफ्ना ग्राहकहरुलाई बैंकिङ्ग सेवाको अतिरिक्त अन्य सुविधाहरु प्रदान गर्ने उद्देश्यले लामो समयदेखि विभिन्न संस्थासँग समन्वय गरी यस्ता विभिन्न खाले योजनाहरु ल्याईरहेको छ ।

पटिल्लो सम्झौता पश्चात विजयपुर अस्पताल, धरानमा उपचार गराउँदा ग्लोबल आइएमई बैंकबाट डेबिट, क्रेडिट र प्रिभिलेज कार्ड लिएका बैैंकका ग्राहक, ग्लोबल आइएमई बैंकका कर्मचारी तथा ग्राहकका परिवारजनले अस्पतालले प्रदान गर्ने विभिन्न सेवामा १५ प्रतिशत सम्म छुट पाउने छन् ।


क्लिकमान्डु