यूट्यूबलाई टक्कर दिन फेसबुकले ल्याउँदैछ वाच भिडियो सर्भिस




काठमाडौं । फेसबुकले विश्वभर वाच भिडियो स्ट्रीमिङ सर्विस लन्च गर्ने भएको छ । अमेरिकामा यो सर्भिस १ वर्षदेखि चलिरहेको छ ।

यो सर्भिसका प्रयोगकर्तालाई धेरै अप्सनहरु दिइने छ, जसमार्फत उनीहरुले आफुलाई मन परेको सो हेर्न सक्ने छन् ।

यसमा न्यूज फिडमा सेव भएको भिडियो पनि हेर्न सकिने छ ।

दर्शकले जुन भिडियो धेरै हेर्ने छन्, त्यसले विज्ञापन पाउने छ । अहिलेसम्म केही गन्तीमा आएका पब्लिसरहरुले मात्र यो सर्भिस लिन पाउने गर्थे ।

शुरुको समयमा ब्रिटेन, अमेरिका, आयरल्याण्ड, अस्ट्रेलिया, र न्यूजील्याण्डमा देखाइने भिडियोमा मात्र यो सुविधा थियो ।

भिडियोबाट हुने फाइदा निर्माता र फेसबुकले पाउने छन् । निर्माताले ५५ प्रतिशत र फेसबुकले ४५ प्रतिशत पैसा पाउने छन् ।

फेसबुकले ल्याउन लागेको वाच सर्भिसलाई यूट्यूबको प्रतिद्वन्द्वी भनिएको छ । तर, यो यूट्यूबको मात्र नभई टिभी च्यानल र अनलाइन आउटलेट जस्ता नेटफिल्क्स, अमेजन विडियो, बीबीसी, आईप्लेयर र फेसबुकको आफ्नो इन्स्टाग्राम टिभीको लागि पनि प्रतिद्वन्द्वी बन्ने अनुमान गरिएको छ ।

पछिल्लो साता आएको केही डाटाले अमेरिकामा मानिसहरुले यसको सुरुवातमा नै यसप्रति चाख देखाएका छन् ।
(एजेन्सीहको सहयोगमा)


क्लिकमान्डु