लेनोभोले ल्यायो एकपटक चार्ज गरेपछि २५ घण्टा चल्ने ल्यापटप



लेनोभोले जर्मनीको राजधानी बर्लिनमा चलिरहेको आईएफए कार्यक्रमका क्रममा योगा सिरिजमा आफ्नो नयाँ ल्यापटप लन्च गरेको छ ।

यो ल्यापटपलाई योगा सि ६३० डब्लूओएस (विन्डोज अन स्नैपड्रैगन) नाम दिइएको छ । यो क्वालकम स्नैपड्रैगन ८५० प्रोसेसर भएको विश्वको पहिलो ल्यापटप हो ।

स्नैपड्रैगनको यो प्रोसेसर पहिलो पटक यो वर्ष लन्च भएको कम्प्यूटेक्स इभेन्टमा प्रदर्शनी गरिएको हो ।

यो ल्यापटपमा भिडियो १० एस अपरेटिङ सिस्टम राखिएको छ । यो ल्यापटप एक पटक चार्ज गरेपछि २५ घण्टाभन्दा बढी चल्ने कम्पनीले दाबी गरेको छ ।

लेनोभोले आफ्नो यो नयाँ ल्यापटपमा १३.३ इन्चको फुल एचडी आईपीएस टच स्क्रीन डिस्प्ले राखेको छ । योगा सि ६३० डब्लूओएस १२.५ एमएम पातलो र तौल १.२ किलोग्राम रहेको छ ।

यसमा इन्टेग्रेटेड स्नैपड्रैगन एक्स २० एलटिई ए मोडल राखिएको छ । जुन एलटिई एडवन्स्ट प्रोमोडमा १.२ गीगाबाइट÷ सेकेन्डसम्मको स्पीड राखिएको छ ।

यो ल्यापटपमा २ यूएसबी टाइप सि पोर्ट र एक हेडफोन ज्याक जडान गरिएको छ । यो ल्यापटप यूरोपियन मार्केटमा ९९९ यूरोमा किन्न सकिन्छ । भारतीय बजारमा ८३ हजार रुपैयाँमा किन्न सकिने यो ल्यापटपको मूल्य नेपालमा १ लाख ३२ हजार ८ सय रुपैयाँ बराबर पर्न जानेछ ।

कम्पनीले नम्बरबाट यसको वितरण सुरु गर्ने छ । हाल भारत र नेपाल लगायतका देशमा यसको लन्चको विषयमा केही घोषणा हुन सकेको छैन ।

(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु