प्रभु इन्स्योरेन्स र माछापुच्छ्रे बैंक बीच बैंकास्योरेन्स सम्झौता



ठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेड र माछापुच्छ्रे बैंक लिमिटेड बिच बैंकास्योरेन्स सेवा सम्वन्धी सम्झौता भएको छ ।

सम्झौता पत्रमा प्रभु इन्स्योरेन्स लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत श्री सन्चित बज्राचार्य तथा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाटप्रमुख कार्यकारी अधिकृत सुमन शर्माले हस्ताक्षर गरे ।

सम्झौता अनुसार अब माछापुच्छ्रे बैंक लिमिटेडका ग्राहकहरुले केन्द्रिय कार्यालय लगायत मुलुकभर रहेका शाखा कार्यालयहरुबाट सहज रुपमा प्रभु इन्स्योरेन्स लिमिटेडको बीमा सेवा प्राप्त गर्न सक्नेछन् ।


क्लिकमान्डु