दशौं कृति अवार्डस् बितरण, प्रायोजकलाई सम्मान




काठमाण्डौ । नेपाली विज्ञापन श्रृजनाको सम्मानार्थ २०६० सालदेखि गरिदै आएको कृति अवार्डसको दशौ सस्ंकरण नेपाल आइस दशौ कृति अवार्डस होटल सोल्टिमा सम्पन्न भयो ।

कार्यक्रमको उद्घाटन गर्दै सूचना तथा संचार प्रबिधि मन्त्रि गोकुलप्रसाद बास्कोटाले नेपालमा क्लिन फिड लागू गर्न सरकार प्रतिबद्ध रहेको बताए ।

नेपाल विज्ञापन संघद्वारा आयोजित कार्यक्रममा बिजयी २८ बिधाका विज्ञापनहरुलाई अतिथिहरुबाट अवार्डस तथा खादा प्रदान गरिएको थियो । ८०० बढी दर्शक बीच गरिएको यो समारोहमा जितु नेपाल, दिपाश्री निरौला तथा प्रियङ्का कार्कीको कमेडी तथा नृत्य रहेको थियो ।

दशौ कृति अवार्डसमा प्रायोजक नेपाल आइस, सिजि सिमेन्ट, यति कार्पेट, सफ्टि हाइजिन, मुक्तिनाथ बिकास बैक, नेपाल पर्यटन बोर्डलाई सम्मान–पत्र दिइयो ।
बिजयी हुने एजेन्सिहरुमा प्रिज्मार्क–६, अभानि–५, एएनएस–५ एडमिडिया–५, बिजनेस एडभान्टेज–३ ,भिचित्र–३, ओएस्टर–२, मेकवेज–२, लेमन–२, आउटरिच–२, कि एडभरटाजिङ–१, डिजिटलइन–१, क्रियो–१, म्याक्स मिडिया–१, एसपि मिडिया–१, मिटिङ प्वाइन्ट–१, इको –१ रहेका छन् ।

कार्यक्रमको सभापतित्व गर्दै आनका अध्यक्ष रबिन्द्रकुमार रिजाल“शशि” ले प्रायोजक, निर्णायक मण्डल, सहभागी एजेन्सि तथा सम्पूर्ण मिडियालाई धन्यबाद व्यक्त गरेका थिए ।


क्लिकमान्डु