प्रिमियरका ग्राहकले पुरानो मेडिकल कलेज भरतपुरमा नगदरहित स्वास्थ्य सेवा पाउने



काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज अफ मेडिकल साइन्स (पुरानो मेकिल कलेज भरतपुर, चितवन) बीच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुद्युम्नप्रसाद उपाध्याय र आईएसएमई कलेज अफ मेडिकल साइन्सका तर्फबाट अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत, नगेन्दर के पम्पतीले हस्ताक्षर गरे ।

सम्झौता पश्चात प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहकहरुले बीमालेखको सुविधाको आधारमा आईएसएमई कलेज अफ मेडिकल साइन्सबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्नु हुनेछ ।

सो अवसरमा प्रिमियर इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले प्रिमियर इन्स्योरेन्स र आईएसएमई कलेज अफ मेडिकल साइन्सको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थ्य सेवा पहुँचमा अभिबृद्धि हुने विश्वास लिइएको प्राइम इन्स्योरेन्सद्वारा विज्ञप्ति मार्फत जनाइएको छ ।


क्लिकमान्डु