भारत र चीनबाट मेट्रो रेल आउने छ : प्रधानमन्त्री ओली



भक्तपुर । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको तीव्रत्तर आर्थिक तथा सामाजिक विकास गर्ने लक्ष्यका साथ सरकार अगाडि बढिरेहको बताएका छन् ।

भक्तपुरको खरिपाटीमा आज मदन भण्डारी एशियाली विद्यालयको उद्घाटन गर्दै उनले भने, ‘भावी पुस्तालाई नेपालको तीव्रत्तर आर्थिक, सामाजिक र सांस्कृतिक विकास देखाउने गरी समृद्धिको लक्ष्य हासिल गर्न सरकार सक्रियरुपमा लागि परेको छ ।’

प्रधानमन्त्री ओलीले समाजवाद उन्मुख कम्युनिष्ट पार्टीको वर्तमान सरकारले दिगो आर्थिक विकासलाई उच्च प्राथमिकतामा राखेको चर्चा गर्दै सुखी नेपाली समृद्ध नेपाल बनाउने कार्य चुनौतीपूर्ण भएपनि नेपाल आफैँमा स्रोत र साधनले सम्पन्न भएकाले यसको समुचित प्रयोग गरिने दृढता व्यक्त गरे ।

दुई ठूला छिमेकी राष्ट्रसँगको सन्तुलित सम्बन्ध स्थापित गरी भारत र चीनबाट मेट्रो रेल सञ्चालनमा ल्याइने बताउँदै उनले नेपालमा अब द्वन्द्व व्यवस्थापन भइसकेकाले विकास र समृद्धिलाई पूर्णता दिइने बताए ।

पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले मुलुकको समृद्धि र आर्थिक विकासको जिम्मेवारी कम्युनिष्ट सरकारको काँधमा आएको उल्लेख गर्दै यसका लागि आउने चुनौतीको सामना गर्दै आफ्नो जिम्मेवारीलाई सरकारले पुरा गर्ने बताए । रासस


क्लिकमान्डु