फेसबुक र ट्वीटरले किन बन्द गरे सयौं आइडी ?



काठमाडौं । विश्वका चर्चित नेटवर्किङ साइट फेसबुकले ६ सय भन्दा बढी फेक आईडी र पेजहरु हटाएको छ । फेसबुकका अनुसार ६ सय ५२ पेज, ग्रुप्स र एकाउन्ट मध्ये अधिकांश खाता र पेज इरानमा बनाइएको थियो ।

यी ग्रुप, पेज र एकाउन्टमा अनौपचारिक व्यवहारको क्रियाकलाप पाइएकोले बन्द गरिएको फेसबुकले दाबी गरेको छ । सामाजिक सञ्जाल कम्पनीहरु फेसबुक र ट्वीटरले साइबर सुरक्षासँग सम्बन्धी कम्पनी फायर आईको गोप्य सूचनाको आधारमा यो कारवाही गरेको हो ।

फेसबुकको यो खाता, पेज र ग्रुप्सबाट मिडल ईस्ट, लैटिन अमेरिका, यूके र अमेरिकाका मानिसहरुलाई लक्ष्य बनाइएको छ ।

ट्वीटरले हटायो २ सय ८४ फेक आइडी

फेसबुक बाहेक टुइटरले पनि करिब २ सय ८३ फेक आईडी बन्द गरेको छ । फेसबुक र ट्वीटरको यो निर्णय माइक्रो सफ्टको बयानका आधारमा अघि बढेको हो । कम्पनीले रुसका ह्याकर्सहरुले अमेरिका कन्जर्वेटिक ग्रुप्सले निसाना बनाएर साइबर ह्याक गर्न लागेकाले यस्तो निर्णय गरेको दाबी गरेको छ ।

एक रिपोर्टका अनुसार यी एकाउन्टस्बाट इरानको नराम्रो प्रचारलाई बढावा दिइएको थियो । जसमा साउदी, इजरायल र फिलिपिन्स विरोधी सामाग्री राखिएको पाइएको छ ।

अन्य खाताकोपनि अनुसन्धान हुँदै

बेलायती सञ्चारमाध्यमका अनुसार फेसबुकले आफ्नो बयानमा हामीले कुनैपनि अनौपचारिक व्यवहार फैलाउने खालका ग्रुप बन्द गरेको भनेको छ । फेसबुक कम्पनीले यसका प्रयोगकर्ताहरुले आफुसँग सम्पर्कमा रहेका पेज, ग्रुप तथा खाताहरु विश्वासनीय होस् भन्ने चाहेको जनाएको छ । (एजेन्सीहरुबाट)


क्लिकमान्डु