अनिल अम्बानी ऋणमा डुबेपछि मुकेशले किने २० अर्ब भारुमा रिलायन्स कम्युनिकेशनको सम्पत्ति



मुकेश अम्बानी र अनिल अम्बानीको सम्पत्ती विवाद कुनैबेला उत्कर्षमा थियो ।

दुईभाईले बाबु धिरुभाईले खडा गरेको व्यवसायिक साम्राज्यलाई अगाडि बढाए । पारिवारिक अशंबण्डापछि व्यवसायमा दाई मुकेशले भाईलाई निकै नै पछाडि पारे ।

अर्बपतिको विवरण राख्ने फोब्र्स म्यागेजिनका अनुसार सन् २०१३ मा २१ अर्ब अमेरिकी डलर थियो । अनिलको सम्पत्ती ६ अर्ब अमेरिकी डलर थियो । त्यसपछि मुकेशको सम्पत्ती बढ्दै गयो भने अनिलको घट्दै गयो ।

फोब्र्सको रियल टाइम सूचि अनुसार मुकेशसँग ५१ अर्ब अमेरिकी डलर सम्पत्ती छ । अनिलसँग २.४ अर्ब अमेरिकी डलर ।

सम्पत्ती बाडँफाड हुँदा मोबाइल कम्पनी अनिलसँग थियो । बाँडफाँडको सर्त अनुसार मुकेशले निश्चित अवधीसम्म टेलिकममा लगानी गर्न पाउने थिएनन् । सर्तको सिमा सकिएपछि मुकेशले भारतमा रिलायन्स जिओको लन्च गरे । निशुल्क दिएको डाटाको प्राइस वारले मोबाइल कम्पनीहरु टिक्न सकेनन् । जसको असर अनिल अम्बानीलाई पर्यो ।

अनिल अम्बानी ऋणमा डुब्दै गए कम्पनी घाटा बढ्दै गयो । कम्पनीको घाटा बढेपछि अनिलले आफ्नो कम्पनी दाईलाई बेच्ने निर्णय गरे ।

अनिल अम्बानीको कम्पनी रिलायन्स कम्युनिकेशन(आरकम)ले २४८ मिडया कवर्जेस नोड्न तथा योसँग सम्बन्धित पूर्वाधार २० अर्ब भारतीय रुपैयाँमा मुकेशको कम्पनी रिलायन्स जिओ इन्फोकमलाई बिक्री गरेको छ ।

अनिलको कम्पनी रिलायन्स कम्युनिकेशन ४५ अर्ब भारु ऋणमा थियो । कम्पनीले ऋण दिन सकेका थिएनन् ।

आरकमले विज्ञप्ती जारी गरेर ५० लाख वर्ग फिट क्षेत्रमा २४८ नोड्स बिक्री भएको जनाएको छ । दूरसंचारको क्षेत्रमा यो प्रयोग हुन्छ । यसको प्रयोग अब मुकेशको कम्पनी जिओले गर्छ ।

मुकेश कम्पनीको जिओले गत डिसेम्बरमा आरकमको स्पेक्ट्रम मोबाइल टावर तथा अप्टिकल फाइबार सहित अन्य टेलिकम व्यवसायको सम्पत्ती खरिद गर्ने निर्णय गरेको थियो ।

यो काम ऋण चुक्ता गर्नको लागि गरिएको थियो । भारतको सर्बोच्च अदालतमा मुद्दा परेपछि डिल रोकिएको थियो । पछि अदालतले खरिदबिक्री प्रक्रिया अगाडि बढाउन आदेश दिएपछि डिल अगाडि बढेको हो ।विभिन्न समाचार ऐजेन्सीको सहयोगमा


क्लिकमान्डु