नेपाल इन्भेष्टमेन्ट र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सम्झौता



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र सिटिजन लाइफ इन्स्योरेन्सबीच बैंकासुरेन्स सेवा उपलब्ध गराउने सम्झौता भएको छ ।

उक्त सम्झौता पत्रमा नेपाल इन्भेष्टमेन्टका बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योति प्रकाश पान्डे तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले हस्ताक्षर गरे ।

सम्झौता अनुसार ग्राहकहरुले नेपाल इन्भेष्टमेन्ट बैंकका सम्पूर्ण शाखाहरुबाट सो कम्पनीको जीवन बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न सक्ने छन् ।


क्लिकमान्डु