आइएमई लाइफको ब्यबसायिक कारोवार दोस्रो वर्षमा



काठमाडौं ।आइएमई लाइफइन्स्योरेन्स कम्पनीको ब्यबसायिक कारोवार बिधिवत रुपमा सञ्चालन भएको एक वर्ष पूरा भएको छ । कम्पनीले उक्त अवसरमा एक कार्यक्रमको आयोजना गरी प्रथम वार्षिकोत्सब मनाएको छ ।

उक्त कार्यक्रममा सम्बोधन गर्नु हँुदै कम्पनीका सञ्चालक समितिकाअध्यक्ष डा. रामहरि अर्यालले बीमा बजारमा कम्पनीले प्रतिस्पर्धात्मक उपस्थिति जनाएको बताएका छन् ।

चालु आ.व.२०७५\७६ मा समेत उल्लेख्य शाखा बिस्तार गरी सेवाग्राहीको पहँुचलाई सर्वसुलभ, छिटो छरितो सेवा पु¥याउने, मानव संसाधनमा गुणात्मक तथा रचनात्मकअभिवृद्धिका लागि आवश्यक तालिमको ब्यबस्था तथा उत्प्रेरणा हुने खालको नीति तर्जुमा गरिने र जीबनबीमा ब्यबसायमा महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ताको लागि आर्कषक एवम् उत्प्रेरक बिबिध प्रोत्साहन योजनाहरु कार्यन्वयन गरिने जानकारी गराए ।

त्यसैगरी कम्पनीले आगामिदिनमा सबैको लागि पहँुच हुने, लाभदायक तथा नबिनतम थपबीमा योजनाहरु ल्याइने जनाएको छ । कम्पनीले नियमनकारी निकाय बीमा समितिको निर्देशानुसार धितोपत्र ऐन बमोजिम निर्देशित तथा अन्य आवश्यक प्रक्रियाहरु पूरा गरी सर्वसाधारणका लागि शेयर जारी गरिने समेत बताएको छ ।

ब्यवसाय सुचारु भएको प्रथमवर्षमा नै कम्पनीले देशका सातै प्रदेशका बिभिन्न ५० स्थानमा शाखा कार्यालयहरु स्थापना गरी बीमा सेवा पुर्याउदै आएको छ ।


क्लिकमान्डु