प्रिमियर इन्स्योरेन्स र ब्लूक्रस हस्पिटलबीच औषधोपचार बीमाबारे संझौता



काठमाण्डौ । प्रिमियर इन्स्योरेन्स र ब्लुक्रस हस्पिटलबीच बीमा सेवा प्रदान गर्नको लागि सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा प्रिमियर इन्स्योरेन्स कं (नेपाल) लि. को तर्फबाट नायब महाप्रबन्धक दिपेन्द्रराज गौतम र ब्लुक्रस हस्पिटलका तर्फबाट लेखा तथा प्रशासन शाखाका प्रबन्धक, सती गौतमसिंहले हस्ताक्षर गरेका छन् ।

सम्झौतापछि प्रिमियर इन्स्योरेन्सबाट औषधोपचार बीमा सम्बन्धी बिमालेख खरिद गर्ने ग्राहकले बीमालेखको सुविधाको आधारमा ब्लुक्रस हस्पिटलबाट नगदरहित स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने छन् ।

सो अवसरमा प्रिमियर इन्स्योरेन्सका नायब महाप्रबन्धक गौतमले प्रिमियर इन्स्योरेन्स र ब्लुक्रस हस्पिटलको सहकार्यले स्वास्थ्य सेवामा प्रगाढ छाप सहित आम नेपालीको स्वास्थ्य सेवा पहुँचमा अभिबृद्धि हसनेमा विश्वस्त गरेका बताए ।


क्लिकमान्डु