एशियन लाईफको ‘जीवन संजीवनी’ बीमा योजना



काठमाण्डौ । एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ जीवन बीमा योजना ‘जीवन संजीवनी’ (अग्रिम भुक्तानी सावधिक र आजीवन) सार्वजनिक गरेको छ ।

कम्पनीको संचालक समितिका अध्यक्ष दीपककुमार श्रेष्ठले यही भदौ २ गते लुम्बिनीको होटल बुद्धमाया गार्डेन्स्मा आयोजित कम्पनीको शाखा प्रबन्धक सम्मेलनको समुद्घाटन कार्यक्रमका अवसरमा नयाँ बीमा योजना सार्वजनिक गरेका हुन् ।

यस्ता छन् ‘जीवन संजीवनी’ बीमा योजनाका मुख्य विशेषताहरुः

  •  न्यूनत्तम ५० हजारको बीमाङ्कमै शुरु गर्न सकिने ।
  • बीमितले बीमा अवधीभर पटक–पटक किस्तामा भुक्तानी पाउने ।
  • बीमित ९९ वर्ष पुरा हुन्जेल जीवितै रहेमा थप बीमाङ्क रकम भुक्तानी पाउने ।
  •  बीमितले बीमाको रकम भुक्तानी पाउन बीमा समाप्ती अवधीसम्म कुर्नुपर्दैन ।
  •  बीमा अवधीका आधारमा बीमा शुरु भएको ३वर्ष देखि नै किस्तामा बीमाङ्कको रकम भुक्तानी पाउने ।
  • बीमा अवधीभित्रै बीमितको मृत्यु भएमा परिवारजनले बाँकी बीमाशुल्क नतिरी नै बीमाङ्क रकम र आर्जित बोनश एकमुष्ठ भुक्तानी पाउने ।

कम्पनीको अधिकृत पूँजी ५ अर्ब र चुक्ता पूँजी १ अर्ब २५ करोड ६७ लाख रहेको छ । यसअघि १८ वटा जीवन बिमा योजनाहरु प्रचलनमा ल्याएको यस कम्पनीले २८ वटा शाखा र ७१ वटा उपशाखामार्फत् देशैभर जीवन बीमा सेवा पु¥याइरहेको कम्पनीद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु