कर लगाएकै कारण संघियता असफल हुँदैन : अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले कर लगाएको कारणले संघियता असफल नहुँने बताएका छन् ।

देश संघिय संरचनामा गएपछि प्रदेश तथा स्थानीय सरकारले लगाएको करको विषयमा आलोचनासँगै संघियताको विषयमा नै प्रश्न उठेको बेला अर्थमन्त्री खतिवडाले कर लगाएकै आधारमा संघियता असफल नहुँने बताएका हुन् ।

आर्थिक पत्रकारहरुसँगको नियमित भेटमा अर्थमन्त्री खतिवडाले करका विषयमा देखिएका अन्यौल हटाउनको सरकारले काम गरिरहेको जानकारी दिए ।

‘अर्थमन्त्रालय तथा संघिय मामला मन्त्रालयले करको अन्यौलता हटाउन समिति गठन गरेका छन्,समितिले प्रतिवेदन दिएसँगै यसमा देखिएको अन्यौलता हट्ने छ।’

प्रदेश र स्थानीय तहले नियम विपरित लगाएको करको विषयमा हटाउनको लागि भनिएको र कतिपय स्थानमा हटेको जानकारी अर्थमन्त्री खतिवडाले दिए ।

‘अहिले सबैभन्दा बढी विरोध एकीकृत सम्पत्ती करमा छ,त्यो कर लगाउने अधिकार संविधानले नै स्थानीय तहलाई दिएको छ,कर बढी सम्पत्ती हुनेसँग लगाइएको हो,आत्तिनुपर्ने अवस्था छैन,’खतिवडाले थपे ।

उनले कर संकलन गरिएको विषयभन्दा पनि त्यो करलाई उत्पादन मुलक क्षेत्रमा प्रयोग भएको छ वा छैन त्यसमा अर्थमन्त्रालयले हेरिएको बताए ।

‘कर तिर्न सक्नेलाई लगाउने हो,त्यो लगाइएको छ,कतिपय क्षेत्रमा नसक्ने व्यक्तिलाई लगाएको छ भने हटाउनको लागि हामीले काम गरिरहेका छौ,’ खतिवडाले भने ।


क्लिकमान्डु