नेपाल लाइफले कमायो ४७ करोड खुद नाफा




काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक बर्षमा ४७ करोड ९२ लाख रुपैंयाँ खुद नाफा गरेको छ । अघिल्लो आर्थिक बर्षको अन्त्यसम्ममा कम्पनीको खुद नाफा १ अर्ब पुगेको थियो । कम्पनीको बीमाङ्कीय मूल्याङ्कन पश्चात नाफामा वृद्धि हुनेछ ।

कम्पनीले सार्वजनिक गरेको वासलात विवरण अनुसार गत आर्थिक बर्षमा खुद बीमा शुल्क १६ अर्ब १७ करोड रुपैंयाँ पुगेको थियो । अघिल्लो आर्थिक बर्षमा भने सो शुल्क १२ अर्ब ५५ करोड रुपैंयाँ कायम थियो ।

यसरी, कम्पनीले कुल बीमा शुल्क बापत ६८ अर्ब ५५ करोड रुपैंया आर्जन गरेको छ । साथै, यस आर्थिक बर्षमा भने कम्पनीले १६ अर्ब १७ करोड रुपैंया आर्जन गरेको छ ।

हाल कम्पनीको चुक्ता पूँजी ४ अर्ब ३९ करोड रहेको छ । जगेडा तथा कोषमा ३ अर्ब ४७ करोड रुपैंयाँ रहेको छ । जीवन बीमा कोषमा ५० अर्ब रुपैंयाँ रहेको छ । महाविपत्ति कोष जगेडामा भने ३७ करोड ३३ लाख रुपैंयाँ रहेको छ ।

यस्तै, कूल कायम रहेको बीमालेखको संख्या ११ लाख ५२ हजार रुपैंयाँ रहेको छ ।


क्लिकमान्डु