ललितपुर महानगरमा मेडिकल शिक्षा पढ्ने विद्यार्थीले अभ्यासमा पनि कर तिर्नुपर्ने, यस्तो छ करको सूचि



काठमाण्डौ । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ का लागि नयाँ करको दर रेट तोकेको छ । महानगरले फिल्ड अभ्यासका लागि आउने नर्सिङ तथा मेडिकल विद्यार्थीसंगपनि सेवा शुल्क लिने भएको छ ।

महारनगरले एएनएम, सीएमए, एएचडब्लु, स्टाफ नर्स, बीएन तथा बीपीएचका विद्यार्थीले फिल्ड अभ्यास गर्न चाहेमा ६ सयदेखि ३ हजार रुपैयाँसम्म शुल्क लिने भएको छ ।

महानगरले अनुसन्धानकालागि आएका एनजीओ तथा आईएनजीओलाई मेडिकल विद्यार्थीले सघाएमा २० हजारदेखि १ लाख रुपैयाँसम्म शुल्क लिने भएको छ ।

कसले कति तिर्नुपर्छ कर ?

महानगरले चुरोट, रक्सी तथा सुर्तिजन्य पदार्थमा अधिकतम २० हजार र न्यूनतम १० सय रुपैयाँ कर तोकेको छ ।

ज्वेलरी सामानको उत्पादन तथा बिक्रिमा महानगरले अधिकतम १० हजार र न्यूनतम ५ हजार रुपैयाँ तोकेको छ । निर्माण सामाग्रीमा अधिकतम १५ हजार र न्यूनतम १ हजार रुपैयाँ कर तोकेको छ ।

महानगरले इन्धनमा अधिकतम २५ हजार र न्यूनतम १५ सय रुपैयाँ कर तोकेको छ । त्यसैगरी, हस्तकलाका सामाग्रीमा न्यूतनम १५ सय र अधिकतम १० हजार रुपैयाँ कर तोकेको छ ।

दैनिक उपभोगका खाद्यपदार्थ, सुति कपडा आदिको थोक तथा खुद्रा व्यापारमा महानगरले अधिकतम ३ हजार रुपैयाँ र न्यूनतम १२ सय रुपैयाँ तोकेको छ ।

महानगरले डाक्टरको लागि अधिकतम ७ हजार र न्यूनतम १५ सय रुपैयाँ कर तोकेको छ । इन्जिनियरको लागि महानगरले अधिकतम ७ हजार, न्यूनतम ४ हजार रुपैयाँ कर तोकेको छ ।

कानून व्यवसायीकालागि पनि महानगरले अधिकतम ७ हजार र न्यूनतम ५ हजार रुपैयाँ कर तोकेको छ । लेखा परीक्षकको लागि महानगरले अधिकतम ७ हजार र न्यूनतम २ हजार रुपैयाँ कर तोकेको छ ।

सर्भेयर, बीमा एजेन्ट, कम्प्युटर एनालिष्ट, अनुसन्धानकर्ता, अनुवादक र परमर्शदाताकोलागि महानगरले अधिकतम ४ हजार, न्यूनतम २ हजार रुपैयाँ कर तोकेको छ ।

सामान ढुवानीकर्ता कम्पनीको लागि महानगरले अधिकतम ७ हजार र न्यूनतम ३ हजार रुपैयाँ कर तोकेको छ । उर्जा उत्पादकको लागि महानगरले १० हजार रुपैयाँ कर तोकेको छ ।

होटल, रेष्टुरेण्ट, बार, क्याँफे, होस्टेल, गेस्टहाउस तथा पर्यटन उद्योगकोलागि महानगरले ५० हजारदेखि १५ सय रुपैयाँसम्म कर तोकेको छ ।

सेवा उद्योगमा महानगरले १५ हजारदेखि २ हजार रुपैयाँसम्म कर तोकेको छ । निर्माण उद्योगमा महानगरले १५ हजारदेखि ४ हजार रुपैयाँसम्म कर तोकेको छ ।
सञ्चार सेवामा महानगरले अधिकतम १७ हजारदेखि न्यूनतम १५ सय रुपैयाँसम्म कर तोकेको छ । वित्तीय सेवामा महानगरले अधिकतम ५० हजारदेखि न्यूनतम ६ हजार रुपैयाँसम्म कर तोकेको छ ।

स्वास्थ्य सेवाका लागि महानगरले १५ सय रुपैयाँदेखि ६० हजारसम्म कर तोकेको छ । शिक्षा सेवामा ५ हजारदेखि ५० हजारसम्म कर तोकेको छ ।

यातायात सेवा, बिक्रि तथा मर्मतमा महानगरले ५ हजारदेखि १५ सय रुपैयाँसम्म कर तोकेको छ । महानगरले विज्ञापनमा ७ सय ५० रुपैयाँदेखि १ लाख रुपैयाँसम्म कर तोकेको छ ।

यसबाहक महानगरले एनजीओ दर्ता तथा नबीकरणका लागि १ हजार रुपैयाँदेखि १० हजार रुपैयाँसम्म शुल्क लाग्ने बताएको छ । त्यस्तै आईएनजीओ दर्ता तथा नबीकरणका लागि १० हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म शुल्क लाग्ने छ ।


क्लिकमान्डु