भारतमा सर्भर ह्याक गरेर बैंकबाट लुटियो ९४ करोड



काठमाण्डौ । भारतको कासमस बैंकको मुख्य शाखामा साईबर हमला भएको छ । पुनामा रहेको बैंकमा साईबर हमला गरेर ९४.४२ करोड रुपैयाँ चोरी गरिएको छ ।भारतीय सञ्चारमाध्यमका अनुसार भारत र हङकङमा बसेर यो हमला गरिएको हो ।

गत ११ अगस्टमा बैंकको सर्भर ह्याक गरेर बैंकमा रहेका खाताबाट पैसा चोरी गरिएको बताईएको छ । ११ अगस्टमै ७८ करोड रुपैँया अलग अलग ट्रान्जेक्शनमार्फत विदेशी बैंकमा पठाईएको र साढे दुई करोड रुपैयाँ भारतकै बैंकमा पठाईएको छ ।

त्यसपछि १३ अगस्टमा फेरी सर्भर ह्याक गरेर १४ करोड रुपैयाँ हङकङको बैंकमा पठाईएको छ ।


क्लिकमान्डु