आइएमई जनरल इन्स्योरेन्स र सिपि अस्पतालबीच नगदरहित सेवा सम्झौता



काठमाण्डौ । स्वास्थ्य सेवामा ग्राहकको पहुँच सहज र सर्वसुलभ बनाउने लक्ष्यका साथ आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीबीच नगद रहित अन्तरंग सेवा प्रदान गर्ने सहकार्यका लागि आपसी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात आइएमई जनरल इन्स्योरेन्स लिमिटेडबाट औषधोपचार बीमा सेवा खरिद गर्ने ग्राहकहरुलाई बीमालेखको सीमा सम्म सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीबाट नगद रहित हस्पिटलाईजेसन सेवा प्राप्त हुनेछ ।

उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको तर्फबाट नायब महाप्रबन्धक पवन थापा र सि.पि.अस्पताल प्रा.लि., धनगढी, कैलालीका तर्फबाट अस्पताल प्रशासकीय निर्देशक विकाश मौनीले हस्ताक्षर गरेका थिए ।


क्लिकमान्डु