लाइफ इन्स्योरेन्सले ३६ प्रतिशत बोनस बाँड्ने




काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले नगद लाभांस प्रदान गर्ने भएको छ । कर्पोरेशनको साउन २४ गते बसेको ९४ औं बैठकले सो निर्णय गरेको हो ।

कम्पनीको आर्थिक बर्ष ०७३\०७४ को नाफाबाट हाल कायम रहेको १ अर्ब ३३ करोड चुक्ता पूँजीको ३६ प्रतिशत बोनस नगद लाभांस बाँड्न लागिएको हो । यसरी कम्पनीले १ दशमलव ८९४७४ नगद लाभांस दिने जनाएको हो ।

सो निर्णय बीमा समितिको स्वीकृति र आगामी बस्ने बीमकको १६ औं बार्षिक साधारण सभाले अनुमोदन गरे पश्चात कार्यान्वयन हुने कम्पनी सचिब विनोदकुमार भुजेलले दिए ।


क्लिकमान्डु