पैसा तिर्न नसक्नेलाई कर लगाइएको छैनः अर्थमन्त्री खतिवडा



काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले पैसा तिर्न नसक्नेलाई कर नलगाइएको बताएका छन् ।

तीन तहका सरकारले थपेको करको विषयमा अहिले आलोचना बढेको छ । अर्थमन्त्री खतिवडाले करको विषयमा स्पष्टिकरण दिदै तिर्न नसक्नेलाई करको बोझ नथपिएको बताएका हुन् ।

राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले दोहोरो कर नलिन र क्षेत्राधिकारभन्दा बाहिर गएर कर असुली नगर्न प्रदेश र स्थानीय सरकारलाई आग्रह गरेका हुन् ।


क्लिकमान्डु