महालक्ष्मी बिकास बैंक र प्रभु लाइफबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स लि. तथा महालक्ष्मी बिकास बैंक लि.बीच बैंकास्योरेन्स गर्ने सम्झौता सम्पन्न भएको छ ।

संझौतापछि प्रभु लाइफ इन्स्योरेन्स लि. मा जीवन वीमा गर्ने ग्राहकलाई जीवन वीमा सम्बन्धि सेवाहरु महालक्ष्मी बिकास बैंक लि.को प्रधान कार्यालय तथा यसका हाल संचालित सम्पूर्ण शाखाहरु मार्फत समेत उपलब्ध हुनेछ ।

उक्त सम्झौतामा प्रभु लाइफ इन्स्योरेन्स लि. का नि. प्रमुख कार्यकारी अधिकृत किशोरप्रसाद लामिछाने तथा महालक्ष्मी बिकास बैंक लि.का प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले हस्ताक्षर गरेका छन् ।

अब जीवन वीमाको प्रिमियम महालक्ष्मी बिकास बैंक लि. मार्फत समेत बुझाउन सकिने ब्यबस्था गरिएको विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु