आइएमई लाइफइन्स्योरेन्स र नेपाल बंगलादेश बैंकबीच बैंकास्योरेन्स सम्झौता



काठमाडौं । आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेड र नेपाल बंगलादेश बैंक लिमिटेडबीच बैंकास्योरेन्स सम्झौता भएको छ ।

उक्त बैंकास्योरेन्स सम्झौतामा इन्स्योरेन्स कम्पनीतर्फबाट निमिक्त महाप्रबन्धक दिनेश अमात्य र नेपाल बंगलादेश बैंक लिमिटेडका तर्फबाट नायब कार्यकारी अधिकृत सुरेन्द्रभुषण श्रेष्ठले हस्ताक्षर गरेका छन् ।

सो बैंकास्योरेन्स सम्झौतापश्चात सर्वसाधरण तथा बैंकका ग्राहकहरुले नेपाल बंगलादेश बैंक लिमिटेडको कुनैपनि शाखाबाट छिटो, छरितो र सहज रुपमा आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको जीवनबीमा गराउनका साथै जीवनबीमा सम्बन्धी जानकारी प्राप्त सक्नेछन् ।

आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडले हाल ५० स्थानबाट बिभिन्न शाखामार्फत सेवा प्रदान गर्दै आइरहेको छ भने बिभिन्न १० वटा योजनाहरु बजारमा ल्याएको छ ।

कम्पनीले सामान्य सावधिक, बालशिक्षा, आजिवन, नगदफिर्ता, साढे तीन गुणा रक्षावरण, नगद फिर्ता आजीवन लगायतका बीमा योजना ल्याएको छ । न्यून भन्दा न्यून आय भएकाशहरी तथा ग्रामीण भेगका व्यक्तिहरुको समेत जीवन बीमामा पहुँच पु¥याई नेपालमा जीवन बीमा बिस्तार गर्नु आइएमई लाइफइन्स्योरेन्स कम्पनी लिमिटेडको मुख्य उद्देश्य रहेको बिज्ञप्ती मार्फत जनाइएको छ ।


क्लिकमान्डु