सननेपाल लाइफ इन्स्योरेन्सले गर्यो उत्कृष्ट अभिकर्ता सम्मान



काठमाण्डौ । सन नेपाल लाइफ इन्स्योरेन्स क.लि. दाङ शाखाले उत्कृष्ट तथा बरिष्ठ अभिकर्ताहरुलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा उत्कृष्ट अभिकर्ताहरुलाई कम्पनीका महाप्रबन्धक कमलराज गौतमले सम्मान पत्र दिँदै कम्पनीको हालसम्म कै उपलब्धी, बिमा सम्बन्धी भईरहेका योजना र आगामी दिनमा ल्याउने योजनाको बारेमा उपस्थित सहभागिहरुलाई जानकारी गराएका थिए ।

राष्ट्रिय कलाकार तथा यस कम्पनीका ब्राण्ड एम्बेस्डर एबं सामाजिक अभियन्ता सिताराम कट्टेल (धुर्मुस) ले मानिसको मृत्यू अनिस्चित भएको हुनाले आफ्नो र आफ्नो परिवारको सुरक्षाको लागि हरेक व्यक्तिले बिमा गराउनु पर्दछ भन्ने भनाई राखेका थिए ।


क्लिकमान्डु