प्रभु इन्स्योरेन्स सञ्चय कोष समितिमा गौतम मनोनित
काठमाडौं । प्रभु इन्स्योरेन्सको सञ्चय कोषको सञ्चालन समितिमा केदारनाथ गौतम मनोनित भएका छन् । गौतम मनोनित हुनु भन्दा अघि सो पदको प्रतिनिधित्व जितेन्द्र धितालले गर्दै आएका थिए ।
गौतमले गत असार २९ गतेका दिनदेखि लागू हुने गरी प्रतिनिधित्व गरेका कम्पनी सचिव अरबिन्दकुमार कर्णले जानकारी दिए ।