गभर्नर नेपाल भन्छन्- ‘१५ अर्ब पूँजी पुर्याउने माग बैंकरहरुकै हो’



काठमाण्डौ । नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले बैंकको पूँजी १५ अर्ब पुर्याउन बैंकरहरुले नै आफूसँग माग गरेको बताएका छन् ।

सिनर्जी फाइनान्सलाई एक्वाएर गरी वेष्ट फाइनान्सका नाममा एकीकृत कारोबार शुभारम्भ कार्यक्रमलाई आज संबोधन गर्दै गभर्नर नेपालले यस्तो कुरा बताएका हुन् ।

सो अवसरमा गभर्नर नेपालले २०७२ सालमा बैंकको पूँजी २ अर्बबाट ८ अर्ब पुर्याइएको र अहिले बैंकरहरुले सो पूँजीमा बृद्धि गरी १५ अर्ब पुर्याउन आफूसँग माग गरेको बताए ।

बैंक तथा बित्तीय संस्था पब्लिक सम्पत्ति भएको उल्लेख गर्दै उनले लगानीकर्ताहरुलाई निजी उद्योग हो भन्ने धारणा त्याग्न आग्रह गरे । उनले भने– ‘बैंक तथा बित्तीय संस्था निजी सम्पत्ति होइन, सार्वजनिक ट्रष्ट जस्तै गरी सञ्चालन गर्नु पर्छ ।’

‘बैंक तथा वित्तीय संस्था निकै मुनाफा आर्जन गर्ने ठाउँ होइन’– गभर्नर नेपालले भने ।


क्लिकमान्डु