अब शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दी मै मोबाईल !



काठमाडौं । ग्लोबल कीटेक्नोलोजीको मोबाइल एप्स रिचार्जरले शून्य प्रतिशत ब्याजदरमा जुनसुकै ब्राण्डको मोबाईल किस्ताबन्दीमा उपलब्ध गराउने भएको छ । रिचार्जरको मोबाइल एपमा मात्र यो अफर लागू भएको हो ।

रिचार्जरले विश्वको सर्वोच्च शिखर सगरमाथापछि अफ्रिकाको सबैभन्दा अग्लो हिमाल उन्ट कलिमान्जरोमा आफ्नो झण्डा फहराउन लागेको उपलक्ष्यमा यस्तो अफर शुरु गरेको हो ।

रिचार्जरको लोगो अंकित झण्डा तान्जानियामा रहेको माउन्ट कलिमान्जरोमा साउन १९ गते २३ वर्षीय साहसी युवक नर्बिन मगरले फहराउने भएका छन् ।
मोबाईल र मूल्य अनुसार किस्ताबन्दीको अवधि ६ महिना, १ वर्ष र १८ महिना कायम गरिएको छ । ग्राहकले २० हजार रुपैयाँदेखि माथिका मोबाईल शून्य प्रतिशत व्याजदरमा रिचार्जर एपबाट किस्ताबन्दीमा खरिद गर्न सक्छन् ।

योजनामा सीमित ब्राण्डका मोबाइलको खरिदमा शून्य प्रतिशत डाउन पेमेन्टको समेत व्यवस्था गरिएको छ । अरु विभिन्न मोडलका मोबाइलको हकमा ब्राण्ड र मूल्य हेरेर १० देखि ५० प्रतिशतसम्म डाउनपेमेन्ट गरी शुन्य प्रतिशत व्याजदरमा मोबाइल खरिद गर्न सकिन्छ ।

ग्राहकले आफ्नो नागरिकता, रोजगारिताको प्रमाणपत्र र आम्दानी विवरणको कागजात उपलब्ध गराउनु पर्ने हुन्छ । यो योजना हाललाई काठमाण्डौ उपत्यका भित्र मात्र सञ्चालन गरिएको छ ।

‘नेपाली एप्स हामी नेपालीहरुकै लागि’ भन्ने नाराका साथ सेवा सुरु गरेको रिचार्जर गुगलप्ले तथा एप्पल एप स्टोरमा गरी १ लाख भन्दा बढी डाउनलोड भैसकेको छ ।
विश्वका ७ महादेशका उच्च हिमशिखरहरुमा रिचार्जरको झण्डा फहराउँदै १८ महिना भित्रमा रिचार्जरलाई विश्व भरीका प्रयोगकर्तासम्म पुर्याउने लक्ष्य कम्पनीले लिएको छ ।

रिर्चाजर एप्स मार्फत ई सेवा, आईएमईमी पे लगायतका पेमेण्ट गेटवेहरुका साथै बैंकहरुको इन्टरनेट बैंकिङ सेवा, एससीटी, मास्टर र भिसाका डेविट तथा क्रेडिट कार्डबाट पनि रिचार्ज गरी सामान खरीद गर्न सकिन्छ । रिचार्जबाट सिनेमा टिकट तथा हवाई टिकट भारी छुटमा किन्न सकिन्छ ।


क्लिकमान्डु