बजार अनुगमन तीब्र, १ कपडा पसलमा शिलबन्दी



काठमाडौं । साउन १ गतेदेखि नीतिगत रुपमा वाणिज्य र आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभाग गाभिएपछि अनुगमनलाई तीब्रता दिएको छ ।

गत आर्थिक वर्षसम्म वाणिज्य र आपूर्ति व्यवस्थापन तथा हित संरक्षण विभागले बेग्ला बेग्लै भवनमा बसेर काम गरेको थियो ।

दुबै विभाग गाभिए बनेको बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक योगेन्द्र गौचनका अनुसार साउन ११ गते यता १६ वटा फर्ममा अनुगमन गरेको छ ।

विभागले ११ गते ५ वटा फर्ममा अनुगमन गरेको उनले जानकारी दिए । ११ गते गरिएको अनुगमनमा दर्ता तथा नविकरणको कागजपत्र माग गरिएको थियो । कागत पत्र देखाउन नसकेको चन्डोलको न्यू लुक फेशन हाउसलाई भने शिलबन्दी गरिएको महानिर्देशन गौचनले बताए ।

यस्तै साउन १३ गते स्कुलहरुका साथै ११ वटा फर्ममा अनुगमन गरिएको थियो । स्कुलहरुमा सामान्य सुधारको पक्ष देखिएको उनले जानकारी दिए ।

अनुगमनका क्रममा स्प्रीङ वाटर र नन्दकिसोर वोतल बोरिङ प्रालिमा खाद्य अनुज्ञा पत्र नभएको पाइएको जानकारी दिए ।

दुबै कम्पनीको पानी परीक्षणका लागि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा पठाइएको उनले बताए ।

बाँकी ९ वटामा अनुगमन गर्दा करिब २० हजार बराबरको खाद्य मिति नाघेका सामाग्री नष्ट गरिएको उनले बताए । यस्तै साउन १४ गते पनि ३ टोली अनुगमनमा खटिएका थिए ।

‘अफिस सार्ने झमेला सकिसक्यो, अब हामीले अनुगमनलाई तीब्र पारेका छौँ,’ महानिर्देशक गौचनले भने ।

आज उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा चाडपर्व नजिक आएकाले मूल्य अस्वभाबिक रुपमा वृद्धि भएको हो कि हैन ? र गुणस्तरीय सामानमा मिसावट हुन सक्ने सम्भावना हुने भएकाले यस विषयमा छलफल भएको समेत उनले बताए ।

आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभाग वाणिज्यमा मर्ज भएपछि प्राविधिक जनशक्ति कम भएको उनले बताए ।

‘पहिले आपूर्ति व्यवस्थापन छुट्टै हुँदा ३१ जनाको दरबन्दी थियो, अहिले गापभय पछि ४८ जनाको मात्र दरबन्दी छ, अनुगमन गर्दा अन्य विभागसँग गुहार गर्नु पर्ने अवस्था छ,’ महानिर्देशक गौचनले भने ।

अनुगमनको समयमा जनशक्ति उपलब्ध हुन नसक्ने भएकाले केही समय अन्य निकायका प्राविधिक जनशक्तिलाई काजमा खटाउने निर्णय भएको उनले बताए । अहिले विभागमा ४८ जना प्राबिधिक कर्मचारीको दरबन्दी छ ।

विभागले जेठ महिना अघि र त्यसपछिको मूल्य सूचि उद्योग, सप्लायर्स, थोक र खुद्रा बिक्रेतासँग माग गरिएको उनले बताए ।


क्लिकमान्डु