सेञ्चुरी कमर्सियल बैंकका तीन शाखा थपिए



काठमाण्डौ । सेञ्चुरी कमर्सियल बैंकले चितवन जिल्लाको टांडी, महोत्तरी जिल्लाको बर्दिबास र धनुषा जिल्लाको बिरेन्द्रबजारमा शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ ।

उक्त शाखा कार्यालयहरुको उद्घाटन बैंकका अध्यक्ष राजेशकुमार श्रेष्ठले गरेका हुन् । उद्घाटन समारोहमा बैंकका सञ्चालकहरु, प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतम, स्थानीय जनप्रतिनिधिहरु, व्यवसायीहरु तथा बैंकका अन्य बरिष्ठ पदाधिकारीको पनि उपस्थिती थियो ।

नयां शाखा कार्यालयहरु मार्फत बैंकले आफ्ना ग्राहकहरुलाई कर्जा, निक्षेप लगायतका सम्पूर्ण बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकद्वारा प्रकाशित विज्ञप्तिमा जनाइएको छ ।


क्लिकमान्डु