बीमा समिति र धितोपत्र बोर्डपछि संचय कोषपनि प्यानमा दर्ता



काठमाडौं । चालु आर्थिक वर्षदेखि कर्मचारी संचय कोषपनि व्यवसायिक कारोबार गर्ने अन्य कम्पनी तथा फर्म सरह प्यानमा दर्ता भएको छ ।

अर्थमन्त्रालयले नियामक निकाय बीमा समिति र धितोपत्र बोर्डलाई प्यानमा दर्ता हुन भनिसकेको छ । जस अनुसार समिति प्यानमा दर्ता भइसकेको छ ।

अर्थमन्त्रालयको निर्देशन अनुसार नै संचय कोषपनि प्यानमा दर्ता भएको हो ।
कर्मचारी संचय कोषका प्रमुख प्रशासक तुलसी गौतमले करका अन्य व्यवस्था परिवर्तन नभएपनि कोषले विभिन्न खालका कर तिनुपर्ने हुँदा प्यानमा दर्ता भएको जानकारी दिए ।
‘हामीले राज्यलाई कति र कस्तो खालको कर तिरेका छौ,त्यसको जानकारी आउने हुँदा प्यानमा दर्ता भएको हो,’गौतमले क्लिकमाण्डूसँग भने ।

संचय कोष ऐन अन्तर्गत नै संचयकर्ताले जम्मा गरेको र यहाबाट भएको नाफामा कर लाग्दैन । उनले यो व्यवस्थामा कुनै परिवर्तन नभएको बताए ।

संचयकर्ताले रकम संकलन गर्ने र सो रकम संचयकोषले विभिन्न आयोजना बैंकमा निक्षेप तथा विभिन्न क्षेत्रमा लगानी गर्छ । यसरी फाइदा हुने रकममा कर लाग्दैन ।
पछिल्लो समय करको दायरा फराकिलो बनाउनको लागि अर्थमन्त्रालयमा निकै नै आक्रामक देखिएको छ ।


क्लिकमान्डु