एनआईसी एशिया बैंक र नेशनल लाईफ ईन्स्योरेन्सबीच बैंकास्योरेन्स सम्झौता



काठमाण्डौ । एनआईसी एशिया बैंक लिमिटेडले नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडसँग बैंकास्योरेन्स सम्झौता गरेको छ ।

सम्झौता अनुसार अब यस बैंकका ग्राहकहरुले मुलुकभर फैलिएका बैंकको २३३ वटै शाखाहरुबाट सहज रुपमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको जीवन बिमा पोलिसीहरु खरिद गर्न सक्नेछन् ।

उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट बैंकका का.मु.प्रमुखकार्यकारी अधिकृत रोशनकुमार न्यौपाने र इन्स्योरेन्स कम्पनीको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरत बस्नेतले हस्ताक्षर गरेका छन् ।


क्लिकमान्डु