आर्थिक वर्ष २०७४/७५ मा जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन कसको कति(सूचि सहित)



काठमाडौं । बीमा समितिले नयाँ कम्पनीलाई लाइसेन्स दिएको असर बीमा कम्पनीको व्यवसायमा परेको छ ।

आर्थिक वर्ष २०७४/७५ मा बीमा कम्पनीले ५२ प्रतिशतले बीमा शुल्क आर्जनमा बृद्धि गरेका छन् । आर्थिक वर्ष २०७३/७४ मा नयाँ बीमा कम्पनी नहुँदा बीमा कम्पनीले १३ अर्ब ३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । आर्थिक वर्ष २०७४/७५ मा १९ अर्ब ५२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएका छन् ।

गत आर्थिक वर्ष २०७४/७५ मा पुराना जीवन बीमा कम्पनीले १६ अर्ब ४४ करोड बीमा शुल्क आर्जन गरेका छन् । अघिल्लो आर्थिक वर्ष २०७३/७४ को तुलनामा गत आर्थिक वर्षमा पुराना जीवन बीमा कम्पनीले आर्जन गरेको बीमा शुल्क २६.२१ प्रतिशतले बढेको छ ।

गत आर्थिक वर्षमा ३१ अर्ब ३८ रुपैयाँ बीमा शुल्क रिन्यु भएको देखिन्छ । गत आर्थिक वर्षमा रिन्यूसहित गर्दा बीमा कम्पनीले ५१ अर्ब ३१ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको देखिन्छ । एकवर्षको अवधीमा रिन्युसहित बीमा शुल्क आर्जन ३२.५१ प्रतिशतले बृद्धि भएको हो ।

बीमा कम्पनीले बीमा समितिमा बुझाएको विवरणको आधारमा सबैभन्दा बढी बीमा शुल्क आर्जन नेपाल लाइफ इन्स्योरेन्सले गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सले ५ अर्ब ८४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । १० अर्ब २३ करोड रुपैयाँको रिन्यु हुँदा नेपाल लाइफ गत आर्थिक वर्षमा १६ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

नयाँ कम्पनीमा भने युनियन लाइफ सबैभन्दा अगाडि रहेको छ । युनियन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षमा  ८५ करोड रुपैयाँको बीमा शुल्क आर्जन गरेको छ । युनियन लाइफले संचालनमा आएको एक वर्षमा नै  २  वटा पुराना कम्पनीलाई बीमा शुल्क आर्जनमा जितेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सपछि एलआईसी इन्स्योरेन्सले २ अर्ब ९४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।

त्यसपछि नेशनल लाइफ इन्स्योरेन्सले २ अर्ब ३४ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । यसपछि मेट लाइफले १ अर्ब ३२ करोड रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

नयाँ कम्पनीहरुमा युनियन लाइफपछि आइएमई लाइफले ५२ करोड १४ लाख रुपैयाँ बीमा शुल्क आर्जन गर्न सफल भएको छ । यस्तै रिलायवलले ४२ करोड तथा सिटिजन लाइफले ४० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।


क्लिकमान्डु