काठमाडौं ल्याउन अनशनरत डा केसीलाई अनशनस्थलबाट निकालियो



जुम्ला । जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई अनशनस्थलबाट निकालिएको छ ।

काठमाडौँ ल्याउन सुरक्षाकर्मीले बल प्रयोग उनलाई अनशनस्थलबाट निकालेका हुन् । उनलाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

सुरक्षाकर्मीले जबर्जस्ती डा केसीलाई अनसनस्थलबाट निकालेका  हुन् ।

अनसन बसेको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा झडप भएपछि उनले काठमाडौं जने बताएका छन् ।

केसीलाई नेपाली सेनाको हेलिकप्टरमा राखेर काठमाडौं ल्याउने तयारी छ ।


क्लिकमान्डु