*जुम्ला झडपमा गोली लागेका प्रहरीको ज्यान गयो, अवस्था तनावपूर्ण
जुम्ला । अनसनरत डा गोविन्द केसीलाई काठमाडौं ल्याउनको लागि प्रहरी र केसी समर्थकबीच भएको झडपमा गोली प्रहारबाट घाइते भएका प्रहरीको ज्यान गएको छ ।
प्रहरी चलाएको गोली लागेर प्रहरी जवान कमल उपाध्याय घाइते भएका थिए । उनको उपचारको क्रममा निधन भएको हो ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरको अवस्था अहिले तनावग्रस्त छ।
केसीले अस्पतालमा झडप भएपछि आफु काठमाडौं जान तयार भएको बताएका छन् ।
प्रहरीले जुम्लामा आन्दोलनकारीलाई दिएको सूचनाको आधारमा यो समाचार प्रकाशित गरिएको हो । पछि प्रहरीले मृत्यु नभएको जानकारी गराएको हुँदा प्रहरीको मृत्यु नभएको जानकारी गराउछौं । सम्पादक