गोविन्द केसीलाई काठमाडौं ल्याउन जुम्ला पुग्यो सेनाको हेलिकोप्टर



फाइल

काठमाडौँ । चिकित्सा शिक्षा सुधारको माग सहित विगत २० दिनदेखि अनशनमा रहेका त्रिभुवन विश्वविद्यालयका चिकित्सक डा गोविन्द केसीलाई काठमाडौँ ल्याउन नेपाली सेनाको हेलिकोप्टर जुम्ला पुगेको छ ।

केही बेर अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र शिक्षा मन्त्रालयका सचिवसहितको टोली सेनाको हेलिकोप्टरमा जुम्ला पुगेको हो ।

केसी समर्थकले भने जुम्लामा नै वार्ता हुनुपर्ने भन्दै विरोध जनाएका छन् । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सेनाको हेलिकोप्टर जुम्ला पुगेको जानकारी दिए ।

सत्तारुढ नेकपाको बुधबार साँझ बसेको बैठकले केसीलाई काठमाडौँ ल्याउन सरकारलाई आग्रह गर्ने निर्णय गरेको थियो । केसीलाई टिचिङ हस्पिलटमा राख्ने तयारी गरिएको छ ।


क्लिकमान्डु