आइएमई जनरल इन्स्योरेन्सको बीमा शुल्कमा छलाङ, गत आर्थिक वर्षमा १ अर्ब आर्जन



काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आर्थिक बर्ष २०७४।०७५ मा कूल बीमा शुल्क १ अरब ९२ लाख आर्जन गर्न सफल भएको छ ।

उच्च व्यवस्थापन तथा कर्मचारीहरुसँग शुभकामना आदान प्रदान गर्दै कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठले कम्पनीले आर्थिक बर्ष २०७४।०७५ मा एक अरब ९२ लाख बीमा शुल्क आर्जन गर्न सफल भएकोमा खुशी व्यक्त गरे ।

कम्पनीले आर्थिक वर्ष २०७३/७४ मा ६९ करोड बीमा शुल्क आर्जन गरेको थियो ।

२०७५ आषाढ मसान्तसम्ममा कम्पनीको शाखा सञ्जाल ४२, कर्मचारी संख्या २३५ रहेको जानकारी दिंदै आगामी बर्षहरुमा नेपालको एक उत्कृष्ठ निर्जीवन बीमा कम्पनीको रुपमा आइजिआईलाई स्थापित गर्ने उद्देश्यका साथ कार्य गर्ने जानकारी दिए ।


क्लिकमान्डु