तपाईँको तलब कति छ ? अब कति तिर्नुपर्छ कर ? यसरी थाहा पाउनुस्




काठमाडौं । सरकारले यो बर्षदेखि करको सीमा परिवर्तन गर्दै तपाइलाई करको बोझ थपिदिएको छ । गत आर्थिक बर्षसम्म १५ र २५ प्रतिशतको दर भएपनि यो बर्षदेखि १०, २० र ३० प्रतिशत करको दर बनाएर मध्यम आय हुने नेपालीलाई कर बढाएको छ ।

नयाँ ब्यवस्था अनुसार तपाइ अविवाहित हुनुहुन्छ र बार्षिक ३ लाख ५० हजार रुपैयाँसम्मको आम्दानी अर्थात मासिक २९ हजार १६७ रुपैयाँसम्म तलब लिनुहुन्छ भने बार्षिक तपाइको तलबको १ प्रतिशत आयकर तिर्नुपर्छ ।

विबाहित हुनुहुन्छ भने बार्षिक ४ लाख रुपैयाँसम्मको आम्दानी अर्थात मासिक ३३ हजार ३ सय ३३ रुपैयाँसम्म तलब खानुहुन्छ भने बार्षिक तलबको १ प्रतिशत आयकर तिर्नुपर्छ ।

अविवाहित हुनुहुन्छ र बार्षिक तलब ३ लाख ५० हजार रुपैयाँभन्दा बढी तर ४ लाख ५० हजार रुपैयाँसम्म तलब भए ३ लाख ५० हजार रुपैयाँसम्मको ३ हजार ५ सय रुपैयाँ र ३ लाख ५० हजार रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयक तिर्नुपर्छ ।

तपाइ विवाहित हुनुहुन्छ भने ४ लाख रुपैयाँभन्दा बढी र ५ लाख रुपैयाँसम्मको करयोग्य आयमा ४ लाख रुपैयाँसम्मको ४ हजार रुपैयाँ र ४ लाख रुपैयाँभन्दा बढी करयोग्य आयमा १० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हुनुहुन्छ र बार्षिक ४ लाख ५० हजार रुपैयाँभन्दा बढी तलब आउँछ भने ४ लाख ५० हजार रुपैयाँसम्मको १३ हजार ५ सय रुपैयाँ र ४ लाख ५० हजार रुपैयाँभन्दा बढी करयोग्य आयको थप २० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ विवाहित हुनुहुन्छ भने बार्षिक तलब ५ लाख रुपैयाँभन्दा छ भने ५ लाख रुपैयाँसम्मको १४ हजार रुपैयाँ र ५ लाख रुपैयाँभन्दा बढी तलबको थप २० प्रतिशत आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हो र बार्षिक तलब ६ लाख ५० हजार रुपैयाँभन्दा बढी र २० लाख रुपैयाँसम्म छ भने ६ लाख ५० हजार रुपैयाँसम्मको ५३ हजार रुपैयाँ र ६५० हजार रुपैयाँभन्दा बढी तलबको ३० प्रतिशतले हुन आउने रकम थप आयकर तिनुपर्छ ।

तपाइ विवाहित हो र बार्षिक तलब ७ लाख रुपैयाँभन्दा बढी तर २० लाख रुपैयाँसम्म छ भने ७ लाख रुपैयाँसम्मको ५४ हजार रुपैयाँ र ७ लाख रुपैयाँभन्दा बढी तलबको ३० प्रतिशत रकम थप गरेर आयकर तिर्नुपर्छ ।

तपाइ अविवाहित हो भने र बार्षिक तलब २० लाख रुपैयाँभन्दा बढी छ भने बढी भएजति करयोग्य आयको ३० प्रतिशत र त्यसको थप २० प्रतिशत अतिरिक्त आयकर तिर्नुपर्ने भएको छ ।

तपाइ विवाहित हो भने र बार्षिक तलब २० लाख रुपैयाँभन्दा बढी छ भने तलब रकमको ३० प्रतिशत र त्यसको थप २० प्रतिशत अतिरिक्त कर तिर्नुपर्छ ।

तपाइको बार्षिक तलबको हिसाब निकाल्न मासिक तलबलाई १२ महिनाले गुणा गरेर निकाल्न सक्नुहुन्छ ।


क्लिकमान्डु