प्रधानमन्त्री ओलीले व्यवसायी चन्द्र ढकालसँग कलम मागेर ७ मिनेट मै लेखे यस्तो कविता



काठमाडौं । आइतबारको दिन सधै व्यस्त हुने प्रधामनमन्त्री केपी ओली  चन्द्रागिरीको डाडाँमा छन् ।

प्रधानमन्त्री ओली मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको हिमवत खण्ड कला साहित्य सम्मिलनको उद्घाटन गर्न त्यहाँ गएका हुन् ।

नेपाल सहित १३ देशका कवि सहभागी कार्यक्रममा प्रधानन्त्री ओलीदिन भर नै बसे । खाना खाने समयमा प्रधानमन्त्री ओलीले नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका चन्द्रागिरी हिल्सका अध्यक्ष चन्द्र ढकालसँग कविता लेख्नको लागि कलम मागे । ढकालले कलम दिए ।

र प्रधानमन्त्रीले यस्तो कविता ७ मिनेटमा नै लेखे र सबैलाई सुनाए । प्रधानमन्त्री ओलीले लेखेको कविता यस्तो छ ।

“परिवर्तनशील दुनियाँमा सँधै बाँचेको को छ र ?
बाँचुञ्जेल हो जिन्दगी मर्नु त छँदैछ !
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न  पाउँ
सगरमाथा, लुम्बिनी, मेची र महाकाली
हाम्रा लहलह खेतबारी, झपक्क कान्ला र आली
सपनामा भए पनि देख्न पाउँ
चन्द्रागिरिको डाँडोमा आएर सपनामा
भावी सन्तति मुस्कुराइरहेको देख्न पाउँ
तिनको हँसिलो मुहारको तस्बीर खिच्न पाउँ
मरे पनि केही छैन त्यसपछि पनि सपना देख्न पाउँ ।”


क्लिकमान्डु