मासिक १ सय २८ लाख कमाउने पनि गरिब ?



सुुनेर अचम्म लाग्न सक्छ । अमेरिकन सहर सान फ्रान्सिस्कोमा १ सय २८ लाख रुपैयाँ मासिक आम्दानी गर्ने पनि गरिबको सूचिमा पर्छन् ।

अमेरिकाको आवासीय तथा सहरी विभागले हालै सार्वजनिक गरेको रिर्पोटमा सान फ्रान्सिस्को र सान माटिया आसपास रहेका ४ सदस्य सहितको परिवारले मासिक १ सय २८ लाख रुपैयाँ आम्दानी गर्छन् । यहाँ यति रकम आम्दानी गर्ने परिवारलाई गरिब परिवार भन्ने गरिन्छ ।

त्यही कोही अन्य परिवारले ८० लाख मात्रै आम्दानी गर्छ भने उ निकै गरिब मानिन्छ । सान फ्रान्सिस्को यो तथ्याङ्कलाई हेर्दा त्यहाँ निकै गरिब भेटिन्छन् ।
ब्रुकिङ्ग इन्स्टिच्यूटका अनुसार अमेरिकन नागरिकको आम्दानीको अन्तर अन्य देशको तुलनामा धेरै छ ।

दुई तिहाई अमेरिकन नागरिकको आम्दानी १ सय २८ लाख भन्दा कम छ । अमेरिकामा ४ सदस्य सहितको परिवारको औसत आम्दानी ९९ लाख रुपैयाँ छ । ४ भन्दा धेरै सदस्य भएको परिवारको औसत कमाई ६५ लाख रुपैयाँ रहेको छ ।
३२.६ करोड जनसंख्या रहेको अमेरिकामा चार करोड भन्दा धेरै मानिस गरिबीको रेखा मुनि छन् ।

सान फ्रान्सिस्कोको सहरी क्षेत्रमा सन् २००८ देखि २०१६ को अवधिमा २५ देखि ६४ वर्ष समूहका मानिसको आम्दानी २६ प्रतिशत बढेको थियो । अमेरिकाका अन्य सहरको तुलनामा यो अधिक हो । सन् २०१६ सम्म यहाँका बासिन्दाको औसत आम्दानी ६८ लाख रुपैयाँ पुगेको थियो ।

सान्जोस सहरमा २५ देखि ६४ वर्ष उमेर समूहका मानिसको औसत तलब ७२ लाख रुपैयाँ रहेको छ । वाशिङ्टन डीसीमा औसत तलब ६७ लाख र बोस्टनमा ६० लाख रहेको छ ।

सान फ्रान्सिस्कोका डाक्टरको आम्दानी अत्याधिक रहेको छ । डाक्टरको औसत कमाई १ करोड भन्दा धेरै रहेको छ । सान फ्रान्सिस्को जीवनशैली अत्याधिक खर्चिलो भएका कारण यो सहरमा धेरै तलबपनि थोरै हुने गर्छ । त्यसो त अमेरिकन नागरिकको औसत आम्दानी भन्दा सान फ्रान्सिस्कोवासीको औसत आम्दानी ४५ प्रतिशत धेरै छ ।
(एजेन्सीहरुको सहयोगमा)


क्लिकमान्डु