सेयर बजारमा झन कडाई, ऋण पाउने सिमा घट्यो
काठमाडौं । नेपाल राष्ट्र बैंकले सेयरधितोमा पाउने ऋणको सिमा घटाएको छ । राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्दै प्राथमिक पुँजीको ४० प्रतिशतसम्म दिदै आएको कर्जा सिमालाई २५ प्रतिशतमा झारेको हो ।
ऋणको सिमा घटाएको राष्ट्र बैंकले मार्जिन कल हुने व्यवस्थालाई भने सहज बनाएको छ ।
सेयर धितोमा लिइएको कर्जामा मार्जिन कलको समस्यालाई राष्ट्र बैंकले केही हदसम्म समाधान गरेको छ ।
मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालले सेयरको मूल्य २० प्रतिशत घटेपनि मार्जिन कल नहुने बताए ।
यद्यपी बैंकहरुको कोर क्यापिटलको ७ देखि ८ प्रतिशतसम्मपनि सेयरधितोमा कर्जा गएको छैन । मार्जिन कल घटाउने व्यवस्थाले भने लगानीकर्तालाई राहत दिन्छ ।
सेयरधितो राखेर पाइने कर्जाको सिमा भने यथावत छ ।