त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

क्लिकमान्डु २०७५ असार २६ गते १७:१६ मा प्रकाशित

नुवाकोट । त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आज आगलागी भएको छ ।

जलविद्युत् गृहबाट उत्पादन भएको विद्युत्लाई टान्सफर्मरसम्म पु¥याउन प्रयोग गरिने विद्युतीय तारमा जडान गरिएको बसबारमा आगलागी भएको हो ।

आगलागीबाट बसबार पूर्णरुपमा जलेर क्षति पुगेको छ भने अन्य स्थानमा समेत असर गरेको छ । क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको उत्पादन गृहका प्रमुख तारादत्त भट्टले जानकारी दिए ।

उनका अनुसार आगो निभाउन फायर एक्सटिनगुइसर उपकरण प्रयोग गरे पनि त्यो पर्याप्त नभएपछि दमकलको सहयोगमा पानी प्रयोग गरेर निभाउँदा विद्युतीय उपकरणमा समेत थप क्षति पुगेको छ । आगो निभाउन नेपाली सेना, नेपाल प्रहरी, विद्युत् गृहका कर्मचारी, स्थानीयवासीलगायत परिचालन भएका छन् । आगो अझै पूर्णरुपमा नियन्त्रणमा आउन बाँकी छ ।

आगलागीपश्चात् २१ मेगावाट क्षमताको त्रिशूली जलविद्युत् केन्द्रको विद्युत् उत्पादन बन्द भएको छ । विसं २०२३ देखि विद्युत् उत्पादन शुरु गरेको उक्त केन्द्रले हालसम्म पनि पूर्ण क्षमताको उत्पादन निरन्तर दिँदै आएको छ । रासस

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स