ललितपुर महानगरको बजेट साढे ४ अर्ब, उपमेयर भन्छिन्- करको दर होइन, दायरा बढायौं



काठमाडौं । ललितपुर महानगरपालिकाले आर्थिक वर्ष २०७५/७६ को बजेट तयार पारेको छ । महानगरका मेयर चिरिबाबु महर्जनले  आगामी असार ३२ गते ४ अर्ब ६० करोड ७२ लाख ८७ हजार रुपैयाँको बजेट सार्वजानिक गर्नेछन् ।

यो चालू आर्थिक वर्षको बजेट भन्दा डेढ अर्ब रुपैयाँले बढी हो । चालू आर्थिक वर्षका लागि महानगरले सवा ३ अर्ब रुपैयाँको बजेट ल्याएको थियो ।

महानगरकी उपमेयर गिता शत्यालले बजेटमार्फत् करको दर नबढाइएको प्रष्ट पारिन् ।

‘हामीले करको दर बढाएका छैनौं तर दायरा भने निकै ठूलो बनाएका छौं,’ उपमेयर शत्यालले भनिन् ।

काठमाडौं महानगरपालिकाले करको दर बढाएकाले उपत्यकामा ललितपुर महानगरपालिका व्यवसाय गर्नका लागि आकर्षक स्थान बन्ने अपेक्षा गरिएको छ ।

ललितपुर महानगगरले देशभरका अन्य महानगरपालिकाको तुलनामा सबैभन्दा ढिलो बजेट ल्याएको हो ।


पुष्प दुलाल