मेष राशी हुने अर्बपतिको संख्या बढी, कन्या र कर्कटको सबैभन्दा कम

क्लिकमान्डु २०७५ असार २३ गते ९:४४ मा प्रकाशित

हरेक व्यक्ति धनी बन्ने सपना देखेको हुन्छ । विश्वमा अर्बपतिहरुलाई फ्लो गर्ने व्यक्तिहरु हुन्छन् । धनी बन्नुको पछाडि मेहनत,व्यवसाय गर्ने तरिका तथा कोही व्वक्ति भाग्यशाली मानिन्छन् ।

कोही व्यक्ति राशीमा जन्मने आधारमा पनि व्यक्ति धनी भएको विषय जोड्ने गर्छन् । धेरै व्यक्ति आफ्नो राशीलाई धनी बन्ने आधारम जोड्न चाहन्छन् ।

एक वेवसाइट लभमनीले गरेको अध्ययन अनुसार विश्वमा मेश राशी भएका व्यक्ति सबैभन्दा बढी धनी छन् । वेवसाइटले फोब्र्सले सार्वजनिक सबैभन्दा बढी धनी एक सयजनाको राशीको अध्ययन गरेको थियो ।

सर्वेमा एक सय अर्बपतिको लिस्टमा १३ यस्तो नाम थियो । जसको राशी मेश थियो । त्यसमा भारतका सबैभन्दा बढी धनी व्यक्ति मुकेश अम्बानी,गुगलका सह संस्थापक ल्यारी पेज,जारा कम्पनीका संस्थापक अमानसिओ आरटेगा रहेका छन् ।
सर्वेले मेश राशी हुने व्यक्ति साहसी,दृण निश्चयी, आत्म विश्वासी र इमान्दार हुने जनाएको छ ।
यस्तै सर्वेमा यस्तो राशी हुने मुडी,धैर्य राखन नसक्ने हुने बताएको छ ।

फोब्र्सको लिस्ट अनुसार दोस्रो धनी हुने व्यक्तिमा सिंह राशीका व्यक्ति छन् । सर्वेले १० जना अर्बपति सिंह राशीको भएको जनाएको छ । यसमा गुगलका सहसंस्थापक सर्जे ब्रिन तथा ओर्याकलका संस्थापक ल्यारी एलिसन लगायत छन् ।

सर्वेमा सिंह राशी हुने क्रियटिव,उदार तथा खुसी हुने खाला हुने तथा कमजोरीमा सुस्त जिद्दी र आफ्नो बारेमा बढी सोच्ने हुने जनाइएको छ ।
यस्तै सर्वेमा तुला राशी हुने १० जना अर्बपति छन् । सिंह राशी र तुला राशी हुने अर्बपति बराबरको संख्यामा रहेका छन् । यसमा लरियलका उत्तराधिकारी लिलियाने बेटेनकोर्ट,एचएडएमका अध्यक्ष स्टेफन परसान तथा वालमार्टका एलिस वालटन रहेका छन् ।

तुला राशी हुनेहरु सामाजिक तथा अर्कालाई सहयोग गर्ने तथा खुला मनको हुने तथा कुटनीतिक खालको काम गर्ने ढिला काम गर्ने हुने सर्वेले जनाएको छ ।

यसपछि वृश्चिक राशी हुने अर्बपतिको संख्या ९ जना रहेको छ । यसमा विश्वका सबैभन्दा बढी धनी व्यक्ति बिल गेट्स चीनका अर्बपति किंग वांग जियानलिन छन् ।

सर्वेका अनुसार वृश्चिक राशी हुनेहरु हिम्मती तथा साधन स्रोत सम्पनन हुने तथा कमजोरीमा शंकालु हुने जनाइएको छ ।
सर्वेमा सहभागी ८ जना अर्बपतिको राशी वृष रहेको थियो । जसमा फेसबकुका संस्थापक मार्क जुकरवर्ग,जर्मनीका सबैभनदा बढी धनी महिना सुसाने क्लाटेन तथा कोच इन्डष्ट्रीका उपाध्यक्ष डेविट कोच यो सूचिमा छन् । सर्वेले वृष राशी हुने व्यक्तिलाई नेतृत्व क्षमता भएको व्यवहारिक र जिम्मेवार हुने बताएको छ । तर,वृष राशी हुनेहरु सम्झौता नगर्ने तथा जिद्दी हुने उल्लेख छ ।

एक सयभनदा बढी अर्बपतिको सूचिमा ८ जना अर्बपति कुम्भ राशीका छन् । यसमा न्यूयोर्क सहरका पूर्व मेयर तथा व्यवसायी माकइल ब्लूमर्ग,मेक्सिकोका टेलिकमका टाइकुटन कार्लोस स्लिम लगायतको नाम छ । यो राशीका व्यक्तिहरु स्वतन्त्र विचार राख्ने प्रोग्रेसिव हुने उल्लेख छ ।

सर्वेमा सामेल अर्बपतिमा ७ जनाको राशी मकर रहेको छ । जसमा अमेजनका संस्थापक तथा अहिलेको एक नम्बर अर्बपति जेफ बेजोस,रुसका अर्बपति भ्लादिमिर पुटिन नाममा छ । यो राशी हुनेहरु अनुशासित तथा नेतृत्व गर्न सक्ने कला भएका व्यक्ति हुने जनाइएको छ ।

१०० अर्बपतिको लिस्टमा ७ जना अर्बपतिको राशी मिथुन छ । जसमा थम्सन रोयर्टसका अध्यक्ष डेविट थमसन,वालमार्टका जिम वाल्टन लगायतका अर्बपति छन् । मिथुन राशी हुने व्यक्ति सिक्ने खोज्ने आफ्नो विचारलाई सार्वजनिक गर्ने नयाँ नयाँ खालका कुरामा उत्सुक हुने तथा अत्याधिक नर्वस हुने उल्लेख गरिएको छ ।

सर्वेमा सामेल ७ जना अर्बपतिको राशी मिन रहेको छ । जसमा एलभिएमएचका सिइओ बनार्ड अरनल्ट तथा मिडिया टाइकन श्रपर्ट मर्डोक र डेलका संस्थापक माइकल डेल रहेका छन् । रिपोर्टमा मिन राशी हुनेहरु सहज ढंगले ज्ञान लिने बुद्धिमान र कलाप्रेमी हुने तथा छिटो आत्तिने स्वभावका हुने उल्लेख छ ।

सर्वेमा सामेल एक सय अर्बपतिमा ६ जनाको राशी धनु छ । जसमा प्रोपटीका टाइकुट डेविड साइमन तथा हिंदुजा बदर्स रहेका छन् ।
सर्वेमा सहभागी १०० अर्बपतिमा ५ जनाको राशी कन्या थियो । जसमा सेयर बजारका बादशाह वारेन बफेट,अलिबाबाका संस्थापक ज्याकमा सामेल छन् । यो राशीका व्यक्ति भरोसा गर्न सकिने र मेहनती हुने उल्लेछ ।

यस्तै कर्कट राशी हुने अर्बपतिको संख्यापनि ५ जना नै छ । यसमा टेस्ला मोटरका फाउन्डर तथा सिइओ एलन मक्स रहेका छन् । मनीभाष्करबाट

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस