मुस्ताङमा सवारी दुर्घटना, कम्तीमा १५ को मृत्यु, १७ घाइते



काठमाण्डौ । मुस्ताङ जिल्लाको स्याङ्बोचेमा ट्रिपर दुर्घटना हुँदा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।

दामोदरकुण्ड गाउँपालिका ३ स्याङ्बोचेमा कालीगण्डकी करिडोर सडकमा काम गर्ने मजदुर चढेको बा २ क २२१९ नम्बरको ट्रिपर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

घटनामा ४ महिला र ११ जना पुरुषको मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ ।

घटनामा १७ जना घाइते भएका छन् । स्याङ्बोचेमा खाना खाएर तामाखोलामा काम गर्न जाँदै गरेका मजदुरहरु दुर्घटनामा परेको बुझिएको छ ।
घटनाबारे बिस्तृत बिवरण आउन बाँकी छ ।


क्लिकमान्डु