शुक्रबार बालाजु क्षेत्रमा दिनभर बिजुली जाने, बिजुली आपूर्ति बन्द हुने ठाउँ यी हुन्



काठमाडौं । सडक विस्तारका लागि बालाजु क्षेत्रमा शुक्रबार बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म विद्युत आपूर्ति बन्द हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण बालाजु वितरण केन्द्रका अनुसार, बनस्थली चौकदेखी बालाजु प्रहरी चौकीसम्म सडक विस्तारका लागि बालाजु सवस्टेशन अन्तर्गतका फिडरबाट आपूर्ति भइरहका क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने छ ।

बालाजु–नागार्जुन फिडर अन्तर्गत एमटीसी पर्खाल, जनजागृति, रोटरी क्लब, टौडोल, शितला स्कुल, रानीवन, बुद्धचोक, राधाकृष्ण हुदैँ एकलटार क्षेत्रमा विद्युत आपूर्ति बन्द हुने केन्द्र प्रमुख सुरज रेग्मीले जानकारी दिए ।

यसैगरी, बालाजु–धर्मस्थली अन्तर्गत पुरानो गुहेश्वरी, फुलबारी गेट, मुड्खु, बतासे डाँडा, धितालथोक, तीनपिप्ले, जरङ्खु, नेपालटार, मनमैजु, फुटुङ, जितपुर हुँदै छत्रेदेउरालीमा विद्युत आपूर्ति बन्द हुने छ ।


क्लिकमान्डु