धान दिवसमा यस्तो देखियो (फोटो फिचर)



काठमाण्डौ । आज असार १५ गते धान दिवस, ‘धान उत्पादनमा वृद्धि, राष्ट्रको समृद्धि’ भन्ने मूल नाराका साथ १५ औँ धान दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मुलुकभर मनाइँदै छ ।

नेपाल कृषि अनुसन्धान परिषद् नार्कको सिफारिसमा २०६१ साल मंसिर २९ गतेको मन्त्रिस्तरीय निर्णयबाट असार १५ गतेलाई धान दिवसका रुपमा मनाउन शुरु गरिएको हो ।

आजको दिनलाई विशेष महत्वका साथ सरकारी स्तरबाट पनि मनाईंदै छ, आजको दिन स्थानीय संघसंस्थाले पनि विशेष महत्वका साथ मनाइरहेका छन् ।

सरकारका मन्त्री, उच्च पदस्थ व्यक्तिहरुपनि किसानका खेत खेत मै पुगेर धान दिवस कार्यक्रममा सहभागी भइरहेका छन् ।

 


क्लिकमान्डु