भूमिज कलेक्सनको शाखा कुपण्डोलमा



 

ललितपुर । भूमिज कलेक्सन एण्ड बुटिकले कुपण्डोलमा आफ्नो दोस्रो शाखा बिस्तार गरेको छ । काठमाण्डौंको नयाँ सडकबाट महिला पहिरनका उत्पादनको तीब्र बजारीकरण गरिरहेको भूमिजले सेवाग्राहीको चाप बढेपछि ललितपुरको कुपण्डोलमा शाखा बिस्तार गरेको हो ।

एक कार्यक्रमका बिच नायिका सञ्चिता लुईटेल तथा ओशो तपोवनका सञ्चालक स्वामी अनन्द अरुणले भूमिज कलेक्सनको कुपण्डोल शाखाको उद्घाटन गरेका छन् ।

शाखा उद्घाटनको अवसरमा कुपण्डोल शाखाबाट हरेक सामान खरिद गर्दा असार महिनाभरी ग्राहकले विशेष किसिमको उपहार तथा छुट पाउने छन् ।

फेशन डिजाईनिङ पेशामा आबद्ध ममता गुप्ता र मञ्जु खरेलले संयुक्त रुपमा नयाँ सडकमा ३ वर्ष पहिले बुटिक सञ्चालनमा ल्याएका थिए ।

पछिल्लो समय बुटिक कल्चर बढ्दै गएको अवस्थालाई मध्यनजर गर्दै उत्कृष्ट उत्पादनको बिक्री बितरण गर्ने लक्ष्य भूमिज कलेक्सनले लिएको छ । यसका लागि बुटिकले स्वदेश तथा विदेशमा थप शाखाहरु बिस्तार गर्दै लैजाने योजना बनाएको सञ्चालक ममता गुप्ताले बताइन् ।


क्लिकमान्डु