झरीबाट बचाउने छाता र रेनकोटको होलसेल र खुद्रा मूल्य कति ?



काठमाडौं । असार महिना झरी पर्ने सिजन हो । तपाई घर बाहिर निस्कनु भएको छ भने कति बेला पानी पर्छ भन्ने ठेगान हुन्न । यस्तो बेलामा तपाई छाता वा रेनकोट नलिई हिड्नु भएको छ भने पानीले भिज्नु हुन्छ । त्यस कारणपनि छाता वा रेनकोट बोकेर हिड्नु आवश्यक हुन्छ ।

अब चर्चा गरौं तपाईँलाई आवश्यक पर्ने छाता र रेनकोटको मूल्य कति कति पर्छ त ? बजारमा १ सय रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्मका छाताहरु विक्रीवितरण भइरहेका छन् । रेनकोट १ सय ८० रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्ममा पाइन्छ ।

इन्द्रचोकमा व्यापार गर्दै आएका राजेन्द्र अधिकारी प्रतिदिन १५ हजार रुपैयाँदेखी २५ हजार रुपैयाँसम्मको छाता ब्यापार गर्छन्, उनी १५ वर्षदेखि यही व्यवसाय गरिरहेका छन् ।

उनले २ सय रुपैयाँदेखि ५ सय रुपैयाँसम्ममा छाता विक्री गरिरहेको बताए । यस्तै, रेनकोट ६ सय रुपैयाँदेखि १ हजार ५ सय रुपैयाँसम्ममा विक्री भइरहेको उनले जानकारी दिए ।

उनले पानी नपरेको बेला १० देखि १५ हजार रुपैयाँसम्मको ब्यापार हुने बताए । पानी पर्ने सिजनमा भने १५ हजार रुपैयाँदेखि २५ हजार रुपैयाँसम्मको ब्यापार हुने बताए ।

इन्द्रचोकको ओटुमा रहेको हरिसिद्धि ट्रेडिङ सेन्टरमा १ सय ५० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्मको छाता विक्रीमा राखिएको छ । रेनकोट १ हजार ४ सय ५० रुपैयाँदेखि २ हजार ८ सय रुपैयाँसम्मको विक्रीका लागि राखिएको हरिसिद्धि टे«डिङ सेन्टरका सञ्चालक सुनिलकुमार श्रेष्ठले बताए । उनले सिजनमा प्रतिदिन १० हजार १५ हजार रुपैयाँसम्मको ब्यापार हुने गरेको बताए ।

यस्तै, इन्द्रचोकको ओटुमै रहेको राज श्रेष्ठको होलसेलमा भने १ सय रुपैयाँदेखि ३ सय २५ रुपैयाँसम्ममा छाता होलसेलमा विक्री भइरहेको छ । उनले १ सय रुपैयाँदेखि १ सय ५० रुपैयाँसम्म बच्चाले ओढ्ने छाताहरु विक्री भइरहेको बताए । ठूलो छाताहरु १ सय ६० रुपैयाँदेखि ३ सय २५ रुपैयाँसम्ममा विक्री भइरहेको छ ।
उनले रेनकोट १ सय ८० रुपैयाँदेखि ५ सय रुपैयाँसम्ममा विक्री भइरहेको बताए । सामान्यतया २०÷२५ वटा छाता तथा रेनकोट विक्री गर्ने गरेको उनले पानी पर्दा भने ४०÷५० वटा छाता तथा रेनकोट विक्री गर्ने गरेका छन् ।

असनमा रहेको प्रिष्टिन कलेक्सनमा छाता २ सय २५ रुपैयाँदेखि ५ सय ९० रुपैयाँसम्ममा विक्री भइरहेको छ । प्रिष्टिन कलेक्सनका व्यवसायी प्रमोद तुलाधारले बच्चाको छाता २ सय २५ रुपैयाँदेखि २ सय ९० रुपैयाँसम्ममा विक्री गर्ने गरेका छन् । ठूलो छाताहरु २ सय ९० रुपैयाँदेखि ५ सय ९० रुपैयाँसम्ममा विक्री भइरहेको उनले बताए ।

यस्तै, सानो रेनकोट २ सय ९० रुपैयाँदेखि ६ सय ५० रुपैयाँसम्ममा विक्री गरिरहेको बताए । ठूलो रेनकोर्टहरु भने ६ सय ५० रुपैयाँदेखि २ हजार १ सय रुपैयाँसम्ममा विक्री गर्ने गरेको उनले बताए ।

इन्द्रचोकमा २० वर्षदेखि छाता व्यवसाय गर्दै आएकी सुनिता आचार्यले १ सय ९० रुपैयाँदेखि ३ सय ७५ रुपैयाँसम्म छाता विक्री गर्ने गरेको बताइन् । उनले १ सय ५ रुपैयाँदेखि १ सय ९० रुपैयाँसम्ममा सानो छाता विक्री गर्ने गरेकी छन् । ठूलो छाता भने २ सय ५० रुपैयाँदेखि ३ सय ७५ रुपैयाँसम्ममा विक्री भइरहेको छ ।
विगतमा राम्रो व्यापार हुने गरेपनि पछिल्लो समय नगरपालिकाले फुटपाथ(बाटो)मा बस्न नदिएका कारण खासै व्यापार हुन नसकेको आचार्यले बताइन् ।


क्लिकमान्डु