बजारमा थरीथरीका गर्मीका कपडा, मूल्य चाँही कति ?



काठमाडौं । गर्मी मौसममा तपाई कस्तो खालको ड्रेस लगाउन रुचाउनु हुन्छ ? तपाईँ युवति अथवा महिला हुनुहुन्छ र कहाँ कस्तो डिजाइनको कपडा पाइएला भन्ने सोचमा हुनुहुन्छ भने अब चिन्ता नलिनुहोस् । हामी तपाईँको सहजताका लागि विभिन्न नयाँ डिजाइनका समर ड्रेसको बारेमा जानकारी दिंदैछौ ।

१. जमलको विश्वज्योति मलको दोस्रो तल्लामा रहेको २९ नम्बरको सुनगाभा रेडिमेट स्टोरमा रहेको यो कपडा कटनले बनेको हो । यसको मूल्य १ हजार ६ सय ५० रुपैयाँ पर्छ । यो कपडा फ्रि साइजको रहेको सुनगाभा रेडिमेट स्टोरका सञ्चालक दीप गुरुङले जानकारी दिए । उनका अनुसार यो चाइनामा बनेको ड्रेस हो । यो मरुन, पिच र निलो रङ्गमा उपलब्ध छ ।


२. माथी देखाइएको दुश्यमा अपसोलडर टिसर्ट बैंककमा बनेको । यसको मूल्य १ हजार २ सय रुपैयाँ रहेको छ । यो सिफनको कपडाले बनेको फेसन फरएभर नेपालकी सञ्चालक प्रेश्याल तामाङले जानकारी दिइन् । यो अपसोलडर टिसर्ट खैरो, ग्रीन, कालो र पिच गरी ४ वटा रङ्गमा उपलब्ध रहेको उनले बताइन् ।

तस्बिरको जिनस सट्सको मूल्य १ हजार २ सय रुपैयाँ रहेको छ । यो चाइनाबाट ल्याएको हो । यो स्मल, लार्ज र एक्स एल साइजमा उपलब्ध छ । फेसन फरएभर नेपाल विश्वज्योति मलको दोस्रो तल्लामा रहेको २० नम्बर पसलमा रहेको छ ।

३. माथिको कटन समर ड्रेस पूरै कटनको हो । यो थाइल्याडबाट ल्याइएको नयाँ डिजाइनको ड्रेस हो । यसको मूल्य २ हजार १ सय ७५ रुपैयाँ पर्ने जमल स्थित दी मेन्स वेयरका सञ्चालक दीपक तामाङले जानकारी दिए । यो फ्रि साइजको ड्रेस भएको कारण सबै मानिसका लागि सुट हुने उनले बताए । यो ड्रेस ग्रे, पिच र ग्रीन कलरमा उपलब्ध छ ।

४. तस्बिरमा देखाइएको टु पिस जमसुट थाइल्याण्डमा बनेको हो । यसको मूल्य २ हजार २ सय ९५ रुपैयाँ पर्ने विश्वज्योति मलको पसल नम्बर १ मा रहेको यूओसिसकी विक्रेता एलिना राईले जानकारी दिइन् । यो कालो, पिच र खैरो रंगमा उपलब्ध गरेको उनले जानकारी दिइन् ।

५. माथिको यो क्वाटर जमसुट हरियो रंगमा रहेको छ । यो फेब्रिक कपडाले बनेको ड्रेस हो । यसको मूल्य २ हजार ३ सय रुपैयाँ पर्छ । सो कपडामा ३० प्रतिशत छुटको पनि व्यवस्था रहेको विश्वज्योति मलको दोस्रो तल्लामा रहेको २१ नम्बर पसल क्लोसटीकी विक्रेता प्रेक्षा खड्कीले जानकारी दिइन् ।

यो फ्रि साइजमा रहेको छ । यो जमसुट हरियो, पिच, कालो र निलो गरी ४ वटा रंगमा उपलब्ध रहेको उनले जानकारी दिइन् । लेडिजको मात्र कपडा पाइने क्लोसटीमा सबै कपडाहरुमा हालका लागि छुटको व्यवस्था गरिएको खड्कीले जानकारी दिइन् ।


क्लिकमान्डु